झापाको दमकमा रहेको सप्तश्री एकेडेमीले अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको एकेडेमीका प्रिन्सिपल दिपक कुमार दंगालले बताउनु भएको छ । आज दमकमा एकेडेमीले आयोजना गरेको पत्रकार भेटघाटमा वहाँले यस्तो बताउनु भएको हो । प्रिन्सिपल दंगालले भन्नु भयो हामीले यहाँका अन्य विद्यालयले दिंदै आएको शिक्षा भन्दा निक्कै गुरस्तरीय शिक्षा प्रदान गर्दै आएका छौ ।
हामीले विद्यार्थीहरुलाई विश्वका कुनै पनि देशमा विक्न सक्ने शिक्षा प्रदान गर्दै आएका छौ । उहाँले पुस्तकको भारी बोकाउने भन्दा पनि आँफूहरुले व्यवहारीक र नैतिक शिक्षा दिंदै आएको पनि बताउनु भयो ।
विद्यालयले अन्य अतिरीक्त क्रियाकलाप लाई पनि ध्यान दिएर विभिन्न विधामा प्रशिक्षण पनि दिंदै आएको भन्दै यसै शैक्षिक शत्र देखी विद्यार्थीहरुका लागि स्विमिं पोल र फुट्सल पनि तयारी गर्ने जानकारी दिनु भयो । वहाँले विद्यालयमा डे बोर्डसको पनि व्यवस्ठा भएको साथै उचित शुल्कमा खाना र खाजाको पनि व्यवस्था गरिएको जानकारी दिनु भयो । विद्यालयमा अहिले सम्म कक्षा ६ सम्म संचालन हुदै आएको र यसै शैक्षिक सत्र देखि कक्षा ७ सम्म पढाई हुने जानकारी गराउनु भयो ।
एकाडेमीका अध्यक्ष अनिल सुवेदीले सो एकाडेमीमा पूर्वाधारसंगै शैक्षिक गुणस्तर समेत भएकाले विद्यार्थीमैत्री भएको जोड दिनु भयो । पत्रकार सम्मेलनमा एकाडेमीका कोअर्डिनेटर कुमार खतिवडाले यहाँको उत्पादनले विश्व वजारसम्म आफनो पहुँच कायम गर्ने बताउनु भयो । त्यस्तै फाइनन्सियल व्यवस्थापक दिपेन्द्र पौडेलले अन्य विद्यालय भन्दा धेरै सुबिधा समावेस भएको बताउनु भयो ।



