
२० फागुन– उत्तर छिमेकी चीनले नेपालको विभिन्न क्षेत्रमा ८ खर्ब ३० अर्ब लगानी गर्ने भएको छ ।
राजधानीमा शुक्रबार सम्पन्न ‘अन्तर्राष्ट्रिय लगानी सम्मेलन’ मा चीनले उक्त परिमाणमा लगानी गर्ने प्रतिबद्धता जनाएको हो । लगानी बोर्डको आयोजनामा भएको सम्मेलनमा सबैभन्दा बढी लगानीप्रतिबद्धता गर्ने मुलुक नै चीन भएको छ । बोर्डका अनुसार सम्मेलनमा विभिन्न मुलुकबाट कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सरकारले सम्मेलनबाट १ खर्ब बराबरको लगानी प्रतिबद्धता आउने अनुमान गरेको थियो । तर, १२ सय प्रतिशतभन्दा बढी प्रतिबद्धता आएपछि सरकारी अधिकारी र व्यवसायीहरु हौसिएका छन् ।
दक्षिण छिमेकी भारतबाट भने जम्मा ३१ अर्ब ७० करोडको मात्र प्रतिबद्धता आएको छ । बरु बंगलादेशले २ खर्ब ४० अर्ब लगानी गर्ने भएका छन् । बंगालादेश सबै लगानीकर्तामध्ये धेरै लगानी प्रतिबद्धता जनाउने चीनपछि दोश्रो मुलुक हो । जापान र बेलायतले एक/एक अर्ब, श्रीलंकाले ५० अर्ब तथा नेपाली लगानीकर्ताले १ अर्ब १५ करोड लगानी प्रतिबद्धता जनाएको आयोजक बोर्डले जनाएको छ ।
।



