काठमाडौं,

कामदार नठगिनेगरी श्रममन्त्री गोकर्ण विष्टले लागु गरेको नयाँ सम्झौता अनुसार मलेसियाको रोजगारी खुल्ने भएको छ । विगत १० महिनादेखी बन्द रहेको मलेसियाको रोजगारी आइतवारबाट खुल्ने भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र म्यानपावर व्यवसायीबीच भएको छलफलका क्रममा कलिङ भिसा आएर रोकिएकालाई पहिलो चरणमा एक साताभित्र मलेसिया पठाइने सहमति भएको छ । व्यवसायीका अनुसार कलिङ भिसा आएका करिब ७ हजार छन्।

ति संख्यालाई पहिलो चरणमा पठाइने स्रोतले जनाएको छ। उनीहरुको अन्तिम श्रम स्वीकृतिका लागि मन्त्रालयले सहजीकरण समेत गर्ने भएको छ। त्यस्तै नयाँका लागि पनि ३ महिनाभित्रै मलेसिया जान खुल्ला गर्नेगरी काम अघि बढाउने सहमति भएको छ।

यसका लागि स्वास्थ्य परीक्षण संस्थाहरु सूचीकृत गर्ने प्रक्रिया अघि बढेको छ। स्वास्थ्य परीक्षणको जिम्मा दिनका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ।

मलेसियाबाटै टोली आई मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु छनौट तथा सूचीकृत गरिने मन्त्रालयले जनाएको छ।