प्रधानमन्त्रीले यसो भनिरहँदा अहिले पूर्वराजा देश भ्रमणमा निस्केको कुरा पनि तपाईंलाई थाहा नै होला । विप्लवले गरेका गतिविधि, विखण्डनकारी त एक हिसाबले तह लागे, उनीहरूबीच कुनै कनेक्सन छ कि छैन होला ? तपाईंलाई के लाग्छ ?
म कुनै सिक्वेन्स बिक्वेन्स आदि इत्यादि हेर्दिनँ । संविधानविपरीतका गतिविधि जोसुकैका हुन् । म ज्ञानेन्द्रजीलाई भन्न चाहान्छु, आफ्नो थान्कामा बस्नुस् । यो मैले कुनै ख्याल ठट्टा गरिरहेको छैन । उहाँ सम्मानित ढङ्गले पूर्वराष्ट्र प्रमुखको हैसियतमा सम्मानित ढङ्गले बस्नुपर्छ । संविधान विपरीतका गतिविधि विभिन्न ढङ्गले सञ्चालन गरिए भने संविधानअन्तर्गत हामीले ल्याउनुपर्ने हुन्छ । त्यसकारण म स्पष्ट भन्न चाहान्छु, म कसैसँग आग्रह, पूर्वग्रह र प्रतिशोधको राजनीतिमा विश्वास गर्दिनँ । संविधान र संविधानसम्मत, लोकतन्त्र र लोकतान्त्रिक विधिमा विश्वास गर्छु, त्यसमा चल्नुपर्छ ।रातोपाटीमा छापिएको अन्तरवार्ताको अंश




