
दमक/दमक बहुमुखि क्याम्पसमा स्वबियू निर्वाचन अघि नै स्वच्छ प्रतिस्पर्धा गर्ने र कुनै प्रकारको गुण्डागर्दी हुन नदिने तथा नगर्ने प्रतिबद्धता जनाएका थिए । उनिहरुले उक्त प्रतिबद्धता पुरा गरेकाछन् ।
अध्यक्षका बिजेता तथा उपबिजेता उम्मेदवारहरुले स्वबियै निर्वाचनको परिणामपछि एकले अर्कालाइ बधाइ दिएर हारजितलाइ सहज स्वीकार गर्दै आत्मियता प्रकट हुने स्टाटस फेसबुकमा सार्वजनिक गरेकाछन् ।
अनेरास्वबियूका अध्यक्षका उम्मेदवार बनेर पराजित सन्तोष दूलाले बिजेता बिनोद चापागाइसंग संगै फोटो खिचेर नै आफ्नो फेसबुकमार्फत बधाइ दिएकाछन् ।
अखिल क्रान्तिकारीका रबी बस्नेतले पनि फेसबुक मार्फत नै चापागाइ सहित सबै
बिजेतालाइ बधाइ दिदै सधै सहकार्य गरेर अघि बढ्ने जनाएकाछन् । अध्यक्षमा जितेका नेबि संघका बिनोद चापागाईले पनि सबैलाइ धन्यवाद दिएकाछन् ।



