ईटहरी । गायक दीपेन्द्र राई र गायिका सुनिता थेगीमको आवाजमा रहेको “पुर्बेली लोकदहोरी गीत”बेल्टार बजार”बोलको गीत सार्वजनिक भएको छ ।भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको उक्त गीत गायक दीपेन्द्र राई र सुनिता थेगीमको सुमधुर आवाजमा रहेको गीत पूर्वाञ्चल म्युजिक युट्युब च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।
कुन्दन राईको एरेन्ज रहेकोगीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकडिङ सम्पन्न गरिएको गीतले उदयपुरका एतिहासिक महत्त्व पूर्ण ठाउहरुलाई समेटिएको छ भने परदेशीहरुको मन छुने गीत रहेको बनेको छ ।
गीतबाट गायक दीपेन्द्र राई र संगीतकार रुद्र श्रेष्ठले दर्शकहरुले मनपराउने कुरामा विश्वस्त छन् । हेर्नुहोस् भिडियो हेर्नुहोस:



