एजेन्सी । अभिनेत्री सोनाक्षी सिन्हाको आगामी फिल्म ‘कलंक’को कारण निकै चर्चामा आउन थालेकी छन् । उनी यसै फिल्मको प्रचार–प्रसारका लागि एक टिभी शोमा पुगेकी थिइन् । उनको साथमा को–स्टार बरुण धवन र अर्की अभिनेत्री आलिया भाट पनि सँगै थिए । यी तीनै जना कलाकारहरु आ–आफ्नो विहेको कुरालाई लिएर चर्चामा छन् ।जहाँ अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको लभ लाइफलाई लिएर निकै चर्चा भइरहेको छ । त्यसोत, अभिनेता बरुण धवन पनि आफ्नो गर्लफ्रेण्ड नताशासँग चाँडै विहे गर्नसक्नेछन् । अर्कोतर्फ ‘कलंक’ फिल्मकी अभिनेत्री सोनाक्षी सिन्हाले पनि आफ्नो विहेको कुरालाई खुलासा गरेकी छन् ।

उक्त टिभी शोमा तीनै जना कलाकारहरु बरुण धवन , आलिया र सोनाक्षीलाई विहेको बारेमा प्रश्न गरिएको थियो । जहाँ ‘तपाईहरु तीनै जनाले विहे गर्दै हुनुहुन्छ ? सबै भन्दा पहिले कसले विहे गर्दै हुनुहुन्छ ? लगाएतका प्रश्न गरिएको थियो । अभिनेत्री सोनाक्षीले यस प्रश्नको उत्तर फर्काउँदै भनिन्, ‘मैले आलिया र बरुण भन्दा पहिल्यै विहे गर्न चाहन्छु । विहेको लागि तयार छु । अब घरबार जमाउनुपर्छ । अहिले मैले जीवनसाथीलाई खोजिरहेकी छु ।अभिनेत्री सोनाक्षीले यसो भनिरहँदा समाचारमा भने, उनले नोटबुकफेम अभिनेता जहीर इकबाललाई डेट गरिरहेकी उल्लेख हुँदै आएको छ । अभिनेता जहीरले इन्टाग्राममा सोनाक्षीलाई जन्मदिनको शुभकामना दिएका थिए । तर अहिलेसम्म यो जोडीको डेटिङको आधिकारिक पुष्टी भने भएको छैन् ।

वर्कफ्रन्टको कुरा गर्नुपर्दा सोनाक्षी सिन्हा अहिलेको समयमा कलंकमा ब्यस्त छन् । यो फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरेका छन् । यो फिल्ममा सोनाक्षी सिन्हा, बरुण धवन, आलिया भाट, माधुरी दिक्षीत, आदित्य राय कपूर, सञ्जय दत्त लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ । यो फिल्म अप्रिल १७ बाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah