दमक÷नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई ठूला छिमेकीका बीचमा रहेको मुलुक नेपालले सबैसँग मित्रता चाहेको उल्लेख गर्र्दै अरुबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेको बताएकाछन् । मेची महाकाली अभियानलाइ बिर्तामोडमा सम्बोधन गर्दै उनले कसैलाइ पनि नहेप्न चेतावनी दिदै भने–,‘आकारमा कुनै देश ठूलो होला, कुनै देश सानो होला । तर, सार्वभौमसत्तामा तल–माथि हुँदैन । हामी कसैलाई ठूल्दाइ मान्दैनौँ ।’ उनको भनाइ भारततर्फ लक्षित रहेको थियो । उनले अभियानबारे जानकारी दिदै भने–‘संविधानले सबै नागरिकलाई बराबर अधिकार दिएको छ, विभेद गरेको छैन । हामी त्यही कुरा बुझाउन यो अभियान बोकेर जनताका बीचमा आएका छौँ ।’ एक नम्बर प्रदेश कमिटीका सहसंयोजक तथा पोलिट्ब्युरो सदस्य शेरधन राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले गरेका थिए ।
झलनाथ खनालले भारतलाइ चुनौती दिदै भने–हामी कसैलाइ ठूल्दाइ मान्दैनौ
सवाल नेपालसंवाददाताशनिबार, १९ फागुन २०७३

झलनाथ खनालले भारतलाइ चुनौती दिदै भने–हामी कसैलाइ ठूल्दाइ मान्दैनौ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



