सिड्रनी । अस्ट्रेलियाको सिड्नीमा दुई नेपाली विद्यार्थी र दुई अस्ट्रेलियनबीच कुुटाकुट भएको छ । सोमबार राती जर्ज स्ट्रिट नजिकै बाटो काट्ने क्रममा नेपाली र अस्ट्रेलियन विद्याथीबीच झगडा भएको थियो । झगडाले उग्र्ररुप लिएपछि हात हालाहालको भएको होे ।

हानहान भएपछि अस्ट्रेलियन स्कुडर दाजुभाइले टाउकोमा मुक्का हान्दा २२ वर्षीय नेपाली विद्यार्थी अनिश शाही गम्भिर घाईते भएका थिए । उनको टाउकोको हड्डी भाँच्चिएको छ भने दिमागमा रक्तश्राव भएको छ । घाईते शाही अहिले उपचारको लागि सेन्ट भिन्सेन्ट अस्पतालमा भर्ना भएका छन् ।

त्यस्तै अर्का नेपाली विद्यार्थी मारक लिम्बुु प्रहरीको हिरासतमा छन् । अस्ट्रेलियन स्कुडर दाजुभाइले नेपाली विद्याथी अनिश शाहिलाई आक्रमण गरेपछि उनका साथी मारक लिम्बूले अस्ट्रेलियन दाजुभाइमाथि चक्कु प्रहार गरेका थिए ।

एनएसडब्लू पुलिसका अनुसार सोमबार रातीको उक्त घटनापछि पार्क स्ट्रिट नजिकै जर्ज स्ट्रिटमा आपतकालीन सेवा बोलाइएको थियो । घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारको लागि र झगडालुहरूलाई प्रहरी थाना लगेको थियो।

घटनापछि अस्ट्रेलियन स्कुडर दाजुभाई जमानतमा रिहा भएका छन् भने नेपाली विद्यार्थी मारक लिम्ब भने हिरासतमै रहेका छन्। उनलाई धारिलो हतियार प्रयोग गरी ज्यान लिने प्रयास गरेको भन्दै स्कुडर दाजुभाइले उजुरी दिएका छन्।यो घटनालाई अस्ट्रेलियन चर्चित सञ्चारमाध्यमले केही समय प्रमुुख समाचार नै बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah