दमक/नेपाली कांग्रेस मेची नगर नगर समितिले झापा जिल्लामा स्वबियु निर्वाचन जित्ने सभापति सहितका सम्पूर्णलाइ सम्मान सहित बधाइ कार्यक्रमको आयोजना गरेको छ । दमक बहुमुखी क्याम्पस, मेची क्याम्पस भद्रपुर, कन्काइ क्याम्पस बिर्तामो, गौरीगंज क्याम्पस, शनिस्चरे क्याम्पस, दुर्गा क्याम्पस गारामनि र काकरभिट्टा क्याम्पसमा बिजयीहरुलाइ सम्मान गरिएको हो । झापाका स्वबियू भएका १० क्याम्पसमध्ये ७ वटामा नेबि संघले जितेको सो अवसरमा जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै काँग्रेसका युवा नेता बिश्वप्रकाश शर्माले काँग्रेसले जित्नु देशको जित भन्दै नेबि संघ सबै बिद्यार्थीको आस्थाको केन्द्र भएको प्रमाणित भएको जनाए । उनले नेबि संघको जित बिद्यार्थीहरुको हक अधिकारको शुनिश्चितताका लागि भएको भन्दै सफल कार्याकालका लागि स्वबियू सभापतिहरु तथा बिजेताहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा नेबि संघका केन्द्रिय सदस्य नीरज अग्रवाल, काँग्रेसका युवा नेता सागर खनाल लगायतका सहभागिता रहेको थियो ।
नेबि सघका केन्द्रिय सदस्य नीरज अग्रवालका अनुसार अनेरास्वबियूको बर्चश्व रहेको गौरीगञ्ज क्याम्पसदेखि लिएर मेची क्याम्पससम्म नेबि सघले जितेको जनाउदै यो एउटा ऐतिहासिक सफलता भएको दाबी गरे । उनले अब स्वबियूलाई चलयमान बनाएर बिद्यार्थीको हकहितमा उच्चतम काम गर्न सक्ने बनाउने उनको भनाइ छ ।
नेबि सघका जिल्ला अध्यक्ष रोशन बिष्टका अनुसार स्वबियूमा नेबि संघको बर्चश्व देखिनु बिद्यार्थीहरुको बिश्वास र आफूहरुले उठाएका मुद्धाहरु भएको बताए । उनले स्वबियू निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु बिजय भएका सभापतिहरुले पुरा गर्ने र त्यसमा नेबि संघले सहयोग गर्ने बताए ।
बिश्वप्रकाशले भने -अब काँग्रेसका युवा कहि हार्दैनन्
सवाल नेपालसंवाददाताआइतबार, २० फागुन २०७३

बिश्वप्रकाशले भने -अब काँग्रेसका युवा कहि हार्दैनन्
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



