रुपन्देही, २० चैत्र – आफ्नो इच्छाविपरित श्रीमानले शारीरिक सम्पर्क राखेको भन्दै रुपन्देहीकी एक महिलाले श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ३५ वर्षीया विवसदेवी (नाम परिवर्तन) ले ४० वर्षीय फशादराम (नाम परिवर्तन) विरुद्ध चैत १२ गते जवरजस्ती करणीविरुद्धको जाहेरी दिएकी हुन् ।
गोपनीयताको हकलाई ध्यानमा राखेर प्रहरीले उनको विवरण खुलाएको छैन । उक्त घटनासहति पछिल्लो तीन हप्तामा रुपन्देहीमा शृङ्खलाबद्ध तीन ठूला व्यक्ति हत्याका घटना र ६ वटा बलात्कार घट्नाका मुद्दा रुपन्देही प्रहरीमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।




