सरकारको कुरा गर्दा तपाई पटकपटक मन्त्री बन्ने चर्चा हुन्छ तर शपथ अर्काले लिन्छ यसो किन हुन्छ?
मेरा लागि अब यो प्रश्नको औचित्य छैन।
तपाईंले किन मन्त्री नबन्ने भनेर घोषणा गर्नुभएको हो ?
त्यो विषयमा मैले तपाईंसँग या अरु कसैसँग छलफल गरेर समाधान हुँदैन। यो जहाँ छलफल हुनुपर्ने हो त्यहाँ हुन्छ। त्यो ठाउँमा उपस्थित भएँ भने मैले के गर्छु त्यो बताउँछु । अब म मन्त्री बन्ने वा नबन्ने कुरा मजाकको विषय नबनाइयोस् ।
प्रधानमन्त्री केपी ओलीले तपाईंको चुनाव क्षेत्रमा गएर योगेशलाई जिताएर पठाउनुस्, म मन्त्री बनाउँछु भनेर सार्वजनिक सभामा बोल्नुभएको कुरा पनि मजाककै विषय हो ?
प्रधानमन्त्रीसँग अलि टाढा बसेर नजिक हुन खोजेको हुँ। नजिक बसेर टाढा जान खोजेको होइन। नजिक बसेर टाढा जानुपर्यो भने अर्को ठूलो दुर्भाग्य हुन्छ। टाढा बसेर नजिक हुनु धेरै राम्रो कुरा हो।
नेपालसमय अनलाइनबाट झिकिएको अन्तरवार्ताको अंश




