दमक/झापा कमल गाँउपालिका वडा नं. ६ मा डिप्रेसनको समस्यामा रहेका ७ बर्षिय बालक योरिश शिवाकोटीको स्वास्थ्यमा सुधार आउन थालेको पाइएको छ ।
योरिशकी आमा रेखा शिवाकोटीका अनुसार पहिलाभन्दा धेरै नै सुधार आउन थालेको छ ।
मान्छे तथा आफन्त चिनेको जस्तो गर्न थालेको र पहिलो भने यस्तो अवस्था नरहेको उनले जनाइन् ।
२ बर्षअघि देखि खोर बनाएर बन्धनमा राखिएका शिवाकोटीलाइ कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्ले, वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराइ सहित लागेर उद्धार
गरिएको थियो ।
https://youtu.be/uhIoGWRp_6o
उपचारमा आर्थिक समस्या भएको बताइएपछि दमक फार्मेसीले उनको जाँच र औषधि निशुल्क गरिदिएको छ ।
मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलले १ महिनाको औषधि लेखि दिएकाछन् ।
फार्मेसिका सञ्चालक ध्रुव सुबेदीले बिरामीको यहाँ सम्भव भएको जाँच र औषधि निशुल्क उपलब्ध गराउने बताए ।

वडाध्यक्ष भट्टराइका अनुसार वालकको स्वास्थ्यमा क्रमिक सुधार भएको र निदाउन थालेको पाईएको जनाए ।
आफुले घरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र सुधार भइरहेको परिवारले जनाएको उनको भनाइ छ ।
https://youtu.be/uhIoGWRp_6o



