दमक/झापाको दमकस्थित पुरानो ट्राफिक भवनबाट कार्यालय सरेको छ ।
भवन नयाँ बन्ने भएपछि अस्थाइ रुपमा कार्यालय सरेको हो ।
दमक ६ स्थित बसपार्कमा नयाँ बनेको टर्मिनल भवनमा ट्राफिक कार्यालय सरेको बताइएको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालका अनुसार नयाँ भवन बनाउनका लागि पुरानो भवन भत्काउने भएकाले अस्थाइ रुपमा बसपार्कको टर्मिनल भवनमा सरिएको हो ।
नयाँ भवन निर्माणका लागि झापाका पुराना निर्माण ब्यवसायी गणेश बस्नेतको अध्यक्षतामा निर्माण उपभोक्ता समिति बनेर काम शुरु गरिसकेको छ ।




