यूएई । यूएईमा ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ। उक्त ट्याक्सी दुर्घटनामा परी अरु दुई नेपाली घाईते भएका छन्।

गत आइतबार राती १२ बजे भएको दुर्घटनामा परेर ज्यान गुमाउनेमा नवलपरासी कावासोती रामनगरका निरोज परियार र ठेगना नखुलेकी शान्ति विक रहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना ग्रस्त ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य एक नेपालीको परिचय पनि खुलेको छैन। घाइतेहरुको अहिले आबुधाबी स्थित खालिफा अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको कम्पनीले जनाएको छ।