काठमाण्डौ – धनुषाका अमोद यादवलाई म्यानपावरले गाडीका पाटपूर्जा बनाउने ठाउँको काम हो भनेर कतार पठायो । तर कतार पुगेपछि उहाँले गाडीको पाटपूर्जा बनाउने वर्कशपमा काम गर्न त परको कुरा देख्न पनि पाउनुभएन । लेबरको काम गर्नुपर्‍यो । बालुवा, गिटी बोक्नुपर्नेदेखि अरु पनि काम गर्नुपर्‍यो । काठमाण्डौमा ट्याक्सी चलाइरहेका भोजपुरका पशुपति राईलाई पनि म्यानपावरले अमोदलाई जसरी नै झुक्यायो ।

ट्याक्सी नै चलाउन पाउने भए यहाँको भन्दा राम्रो कमाउँछु भनेर मलेसिया पुगेका पशुपति राईले सप्लाई कम्पनीमा काम गर्नुपर्‍यो । अमोद यादव र पशुपति राई त उदाहरण मात्रै हुनुहुन्छ । वैदेशिक रोजगारीमा जानलाई म्यानपावरमा पुग्ने धेरै व्यक्तिले विदेश पुगेपछि यहाँ भनेको काम र सेवा सुविधा नपाएको गुनासो गर्छन् ।

नेपालमा भनिने र विदेशमा दिइने काम र सेवा सुविधामा फरक परेर ठगिनेहरु बढेपछि वैदेशिक रोजगार विभागले अहिले विदेशबाट कस्तो माग आएको छ भनेर म्यानपावरहरुमा जानै नपर्ने गरी अनलाइन प्रणालीको विकास गरेको छ ।

विभागको वेवसाइट खोलेर कुन देशबाट के कस्ता कामको माग आएको छ अनि त्यो कामका लागि कति तलब पाइने हो भन्ने कुरा हेर्न सकिन्छ ।

कसरी हेर्ने ?
वैदेशिक रोजगारीका लागि आएका मागका बारेमा हेर्न विभागको वेवसाइट http://dofe.gov.np खोल्नुपर्छ । यो वेवसाइट खोलेपछि त्यहाँ रहेको वैदेशिक रोजगारीको खोजीमा क्लिक गर्नुपर्छ ।

त्यसपछि खुल्ने पेजमा महिला वा पुरुषमध्ये एक छनोट गरेपछि आफूले कुन देशबाट आएको माग हेर्न चाहेको त्यही देशको नाम मुलुक लेखिएको ठाउँमा राखेपछि त्यो देशबाट नेपालीका लागि आएका सबै माग देख्न सकिनेछ । त्यो कामका लागि पाइने तलब, सेवा सुविधा अनि लाग्ने लागत पनि त्यहीँबाटै थाहा पाउन सकिन्छ ।

ठगी कम हुने विभागको विश्वास

यो अनलाइन प्रणालीले काम र तलब फरक देखाएर हुने ठगी कम हुने विभागले विश्वास गरेको छ । विदेशबाट आएका मागबारे एजेण्ट वा म्यानपावरमा बुझ्न जाँदा वास्तविकभन्दा गलत कुरा बताएर ठग्ने क्रम बढेपछि विभागले यी सबै कुरा जाने व्यक्तिले अनलाइनमै हेरेर थाहा पाउन सक्ने बनाएको छ ।

‘कामदारले हाम्रो वेवसाइटमा हेरे भने अरुले भनेको कुरामा विश्वास गर्नै पर्दैन, सबै कुरा आफैं थाहा पाउँछन्’ विभागका कम्प्युटर इञ्जिनियर राजु श्रेष्ठ भन्नुुहुन्छ, ‘यो कुरा मात्रै बुझिदिने हो भने कामदारहरु ठगिमा पर्ने सम्भावना घटेर जान्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah