इटहरी । उदयपुर जिल्लाको पूर्वी मुख्य व्यापारिक क्षेत्र बेल्टार बजारलाई शब्दमार्फत् संगीत सिर्जनामा उतारिएको छ । स्थापित पुर्वेली गायिका सुनिता थेगिम र गायक दिपेन्द्र राईको युगल स्वरमा ‘ बेलटार बजार  ’नामक लोकभाका बजारमा आएको हो ।सुनसरीको इटहरीस्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको उक्त गित केही दिन अगाडि मात्र सार्वजनिक भएको हो । पूर्वाञ्चल म्युजिक युट्युव च्यानलमार्फत् पहिलो पटक सार्वजनिक छ |

‘बेल्टार बजार, दुई दिने गिन्दगीमा लानु के छ र’ बोलको पूर्वेली लोक गीतमा भुइँदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीत रहेको छ । गीतमा कुन्दन राईले एरेन्जको पाटो सम्हालेका छन् । गीत मार्फत उदयपुरको ऐतिहासिक तथा धार्मिक महत्वको चौदण्डीगढी दरबार, सुनकोशी नदीलगायतको पर्यटकीय स्थलहरुलाई शब्दमार्फत् उल्लेख गरिएको छ । लोक लयको गीत भएकाले रोजगारको सिलसिलामा विदेश भूमिमा पसिना बगाई रहेका नेपालीहरुको रोजाईमा पर्ने गायक दिपेन्द्रको दावी छ ।

 

पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको अडियो र स्टुडियो भिडियो बनाएर सार्वजनिक गर्दा नै यति धेरै स्रोताको रोजाईमा परिसकेको छ । अब नयाँ वर्ष लाग्ने वित्तिकै गितका शब्दले खोजेको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुमा पुगेर छायाँकन गरेर गितलाई पूर्णता दिने पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक रुद्र श्रेष्ठले बताए । उक्त म्युजिक भिडियो छायाङ्कनका क्रममा उदयपुर, भोजपुर र खोटाङ जिल्लाका सीमा क्षेत्रमा बगेका सुनकोशी नदी, उदयपुरको चौदण्डीगढी दरबार, रानीटार तथा वेल्टार बजारको दृश्य समावेश गरिने बताइएको छ ।भोजपुरे गायक राईको पुख्यौली थलो बेलटार बजारसँगको साइनो गास्न कम्मर कसेर सांगीतिक शब्दहरुले आकर्षित गरेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah