दमक/नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पछिल्लो घटनाक्रमले तनाव रहेको बताइएको छ । प्रधानमन्त्री दाहालले राजिनामा दिनसक्ने र यसबारे गम्भिर छलफल शुरु गर्न शुरु गरेको बताईएको हो । मधेशी मोर्चाले सप्तरीमा राज्यको दमनबाट ४ जनाको मृत्यु भएको भन्दै आपत्कालिन बैठक बसेर दाहाल सरकारलाई दिएको समर्थन फिर्ता सहित दूइ दिन मधेश बन्दको कार्यक्रम सार्वजनिक गरिसकेको छ । श्रोतका अनुसार पहिला काँग्रेससंग सहमति गरे अनुसार सरकार छाड्ने समय समेत भइसकेकाले यहि अवस्थामा काँग्रेसलाइ सरकार हस्ताण्तरण गर्नका लागि दाहालले कसरत शुरु गरेकाछन् । दाहालका कतिपय निकटस्थहरुले केहि समय अवस्था हेर्न र तत्काल राजिनामा नदिन सुझाव दिएको बताइन्छ । दाहालले भने काँग्रेसका केहि नेताहरुसंग अहिले साँझ सरकार छाड्ने बिषयमा छलफल गरेको बालुवाटार श्रोतले जनाएको छ । तर दाहालले भोलीसम्म राजिनामा दिन सक्ने बिश्लेषण राजनीतिक बृतमा गरिएको छ । नेकपा एमाले र मधेशी मोर्चाले नै घटनाको जिम्मेवार सरकारलाइ देख्ने भएकाले यो सरकार अप्ठेरोमा परेको छ । एमालेले अभियान शुरु गर्नु अघि नै भरपर्दो सुरक्षा मिलाउन र कार्यक्रलाइ शान्तिपूर्ण बनाउन प्रयास गर्न सरकारलाइ आग्रह समेत गर्दै आएको थियो ।
प्रधानमन्त्री दाहालको राजिनामा आउनसक्ने
सवाल नेपालसंवाददातासोमबार, २१ फागुन २०७३

प्रधानमन्त्री दाहालको राजिनामा आउनसक्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



