चैत २५, २०७५
बुटवल – बुटवल वडा नम्बर–११ नेपालकै धेरै जनसंख्या भएको वडामा पर्छ । यो वडाको जनसंख्या झण्डै ६० हजार छ । गएको निर्वाचनमा वडा नम्बर ११ को मतदातामा मात्र १३ हजारभन्दा बढी थिए ।

वडाध्यक्ष रामचन्द्र क्षेत्री २०५४ सालमा पनि यसै वडाको जनप्रतिनिधि थिए । २० वर्ष अगाडि वडाको जनसंख्या २८ हजार थियो । वडामा झण्डै ८० प्रतिशत मानिस सुुकुुम्बासी छन् । तिनाउ नदीको आसपास नदी किनारको क्षेत्र ओगटेर बस्नेको संख्या धेरै छ ।

२०५४ सालका वडा सदस्य हालका वडाध्यक्ष क्षेत्रीको भनाइ अनुसार उतिबेला बुटवलमा एउटा मात्र चर्च थियो । त्यो बुटवल ज्योति चर्च । अहिले वडामा मात्रै ३० वटा चर्च भवनहरू छन् । धेरै आफ्नै केही भाडामा घरमा चर्चका रूपमा प्रयोग गरिएको छ । उनी भन्छन, ‘सुुकुुम्बासी बस्तीमा धर्म परिर्वतन तीब्र रुपमा बढेको देखिन्छ ।’

अध्यक्ष क्षेत्रीले थपे, ‘वडाका झण्डै २५ प्रतिशत जनता क्रिश्चियन धर्म मान्न थालेका छन् । दलित समुुदायका मानिसहरू बढी क्रिश्चियन भएको देखिन्छ ।’ यसले एउटै वडामा १० हजार मानिस केही वर्षको अन्तरालमा इसाई धर्म मान्न थालेको देखिन्छ ।

‘धर्म परिवर्तन तीब्र रुपमा बढेको छ । केही वर्ष अघिसम्म क्रिश्चियन धर्मालम्बीको संख्या नगन्य थियो । तर अहिले यो वडामा संख्या हवात्तै बढेको देखिन्छ,’ क्षेत्रीले भने ।

गएको कात्तिकमा हिन्दूू धर्मलाई गाली गर्दै इसाई धर्म प्रचार गरिरहेका २ जना जापानी महिलासहित ४ जना सुुकुुम्बासी बस्तीबाटै प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय बुटवल आसपासका क्षेत्रमा क्रिश्चियन हुनेको बढ्दै गएको छ ।

महिमा ज्योति चर्चका अध्यक्ष मनोहर पाठकले क्रिश्चियन धर्ममा कुुनै जातीय विभेद छुुवाछुुत नभई समभाव रहेका यो धर्मप्रति मानिसहरूको आशा बढ्दै गएको बताउँछन् ।

‘सबैभन्दा धेरै जातीय छुुवाछुुत भोग्दै आएकाहरू क्रिश्चियनप्रति आकर्षित देखिन्छन् । अर्को गरीबहरू पैसाको लोभले पनि लाग्छन् भन्ने सुुनिन्छ । तर हामीहरूले कसैलाई पनि हाम्रो धर्ममा लाग भनेका छैनौं । आफैं धर्म परिवर्तन गरिरहेका छन्,’ उनले भने ।

२०६३ सालमा गठन भएको मण्डली चर्चले अहिले वडाको एन्फा टेक्निकल सेन्टर नजिकै आफ्नै भवन बनाएर शनिवार बिहान चर्च गएर बाइबल पढ्ने गर्छन् । जहाँ हरेक शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म भजनकीर्तन, गीत र बाइबलको प्रवचन दिइन्छ । जर्बजस्ती वा आर्थिक प्रलोभनका कारण धर्म परिवर्तन गर्न नपाइने नेपालमा कानूनी व्यवस्था रहेको छ ।

नेपालमा मुलुकी अपराध संहिताले मानिसको धर्म परिवर्तन गराउने कार्यलाई गैरकानूनी भन्दै दण्डको सजाय गरेको छ । मुलुकी अपराध संहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसूरमा मुद्दा चलाउन सकिने व्यवस्था छ ।

बुुटवल क्रिश्चियन सोसाइटीका अध्यक्ष दशरथ श्रेष्ठले धर्म परिर्वतन गर्न पाउने मानिसमा स्वतन्त्रता रहेको बताए । रुपन्देहीमा क्रिश्चियन धर्म मान्ने मासिनको संख्या झण्डै ५० हजारभन्दा बढी पुुगेको हुन सक्ने श्रेष्ठको अनुुमान छ ।

क्रिश्चियन धर्मकी अनुयायी मना पाण्डेले क्रिश्चियन धर्ममा जातभात र छुवाछुत नभएकाले यसप्रति उनीहरूको आकर्षण बढ्दो रहेको बताउँछिन् । ‘पैसाले मात्रै उनीहरू यसमा आकर्षित भएका हुन् भन्नु गलत हो,’ पाण्डे भन्छिन्, ‘क्रिश्चियनले २ वटा जातलाई मात्रै चिन्छ, त्यो हो महिला र पुरुष । हाम्रोमा छुुवाछुुत तथा उचनिचको जात भन्ने छैन, सबै समान, सबै बराबर हो ।’

राज्यले विशेष आरक्षण र सहुलियत दिएकै समुदायका व्यक्तिलाई लक्षित गरेर धर्म परिवर्तन गराउने अभियान चलाइनु अर्को आपत्ति र चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् । बुटवल तथा आसपासमा धर्म परिवर्तन तीब्र रुप हुन थालेपछि हिन्दू जागरण नेपाल रुपन्देहीले बुटवल वडा नम्बर १२ लाई धर्म परिवर्तनमुुक्त क्षेत्र घोषणा गर्न गरेको थियो ।

हिन्दूू धर्मालम्बीको बाहुुल्यता रहेको बुटवलमा चर्चका भवनदेखि मण्डली बन्ने क्रम तीब्र देखिन्छ । बुुटवलमा नगरमा मात्रै ४० वटाभन्दा बढी चर्च रहेको बताइको छ । गएको वर्ष अफगानिस्तानमा रोजगारीको सिलसिलामा पुुगेका जितेन्द्र थापाको मृत्युु भएपछि २ पत्नीमध्ये एउटीले इसाई धर्म संस्कार अनुुसार अन्त्यष्टि गरिनुुपर्छ र अर्कोले हिन्दू संस्कार अनुुसार गरिनुपर्छ भनेर विवाद समेत भएको थियो ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah