काठमाडौं,चैत २५ । मलेसियाको सेपाङ भन्ने स्थानमा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् ।

मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको थियो । बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र विश्वकर्मा मण्डल रहेका छन् । उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।

१४ नेपाली कामदारसहित ४३ जना यात्रु बोकर मास कार्गो नामक कार्गो कम्पनीमा कामदार पुर्याउन जाँदा आइतबार राती ११ बजेर १० मिनेटमा उक्त बस दुर्घटना भएको हो । नेपाली कामदारहरु मोतियारा कायामाश भन्ने कम्पनीमार्फत् मास कार्गो कम्पनीमा काम गर्न जाने गरेका थिए । नया पेज बाट साभार, फोटो उज्यालो बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah