एजेन्सी । ब्राजिलियन महान फुटबलर पेले एक सातादेखि अस्पतालमा छन् । मुत्र नलीमा समस्या आएपछि फ्रान्सको पेरिसस्थित अमेरिकन अस्पतालमा उपचार गराई रहेका पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । यसै क्रम मा ब्राजिलका युवा स्टार नेइमार जुनियर पेलेको स्वास्थ्य अवस्था बुझ्न सोमबार अस्पताल पुगेका छन् ।७८ वर्षीय पेले रोग निको नहुँदै अस्पतालबाट डिस्चार्ज हुन लागेपछि नेइमारले केही समय अस्पतालमै बस्न आग्रह गरेका थिए । नेइमारले पेलेलाई रोक्न सफल भएको समाचार बाहिर आएको छ ।

नेइमारले पेलेसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । खुट्टाको चोटका कारण आराम गरिरहेका नेइमार यसै साताबाट पेरिस सेन्ट जर्मन (पीएसजी)को प्रशिक्षणमा फर्कने छन् ।पेलेलाई अघिल्लो साता फ्रान्सका अर्का स्टार केलियन एमबाप्पेले पनि भेटेका थिए । एमबाप्पेसँगको भेटमा पेलेले आफ्नो समस्यामा बिस्तारै सुधार हुँदै गएको बताएका थिए । नेइमारसँगको भेटमा पेलेले आफूलाई ठीक भएको र छिट्टै नियमित काममा फर्कने बताएका छन् । पेलेले उपचारमा संलग्न सबै चिकित्सकलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah