राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले बताए ।
सांसद लिङ्देनलाई ५० लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिँदै केही दिन अघि अपरिचित नम्बरबाट म्यासेज र फोन आएको थियो । पक्राउ परेका दुईजनालाई प्रहरीले राजधानीको नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको हो ।




