तिलोचन गौतम
क्वालालम्पुर मलेसियामा/प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया पोट्केलाङले गत चैत्र १७ गते बारा ,पर्सा र रौतहटमा चलेको बिनास्कारी हावाहुरी बाट क्षति पुगेका परिवार लाई आर्थिक सहयोग गरेको छ ।
भै-परिआएका प्राकृतिक बिपत्तिमा क्षतिग्रस्त भएका परिवारहरुलाइ केहि हद सम्म सहयोग पुगोस् भन्ने उदेश्यले इन्द्रेणी सास्कृतिक बिकास केन्द्र मार्फत २५००० ( अक्षरी पच्चीस हजार नेपाली रुपैयाँ रुपैया ) सहयोग गरेको प्रबासी नेपालिहातेमालो कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुषोत्तम कार्की ढोली ले जानकारी दिनुभयो।
अध्यक्ष कार्कि लगाएत उपाध्यक्ष लक्ष्मण खड्का ,सचिब सिब बिक ,साचिब तुलबहादुर गुरुङ ,कोसाध्यक्ष दिपक कुवर क्षत्री ,सह कोसाध्यक्ष बिजय लामा सदस्य हरु क्रमश बिक्रम थापा , रबि उप्रेती ,पदम बहादुर बुडा,सुरेन्द्र कुमार श्रेष्ठ ,पासाङ शेर्पा ,कालू गुरुङ ,राम हरि पुरी,सम्भु श्रेष्ठ ,राजेश मगर, दिनेस मैनाली ,राम बहादुर राई सल्लाहकार हरु प्रेम श्रेठ, पदम बहादुर रुङ्बा ,टेक बहादुर बुडा,सुभद्रा रावल,बिर्स रानामगर ,निर्मल श्रेष्ठ , गणेश भण्डारी , याम चेम्जोन लिम्बु ,प्रेमा छिरिङ शेर्पा ,पेम छन्त्याल ,गणेश ज्ञावलि लगाएतको स्रकिएतामा आकास्मिक बैठक बसि सहयो गर्ने निधो भएलगत्तै सहयोग रकम प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको थियो ।



