बिराज रोस्यारा

कैलाली, चैत २७ । सरकारी चिकित्सकहरुको माग संविधान र संघीयताविरोधी भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।

बुधबार धनगढीमा कार्यकर्तासितको भेटघाट कार्यक्रममा उनले चिकित्सकहरुको आन्दोलन नभएर रडाको भएको आरोप लगाए ।

‘उहाँहरुको एकमात्र अहिले रडाको, माग होइन । रडाको । त्यो के हो भने हामी प्रदेश जाँदैनौं, स्थानीय तह जाँदैनौं, हामी संघमामात्रै बस्न चाहन्छौं । यो असम्भव । संविधानविरोधी काम हुन सक्दैन’–उनले भने ।

खटाएको ठाउँमा नजाने कर्मचारी र चिकित्सकलाई सरकारले कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको मन्त्री पण्डितको भनाइ छ ।

कर्मचारी र चिकित्सकहरुले प्रदेश र स्थानीय तहमा नजाने भनेर अड्चन थाप्न नमिल्ने भन्दै उनले सबै सरकारी चिकित्सकलाई संघ रोजेर काठमाडौंमा घुम्न नदिइने बताए ।

उनले कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने पनि बताए ।-(इमेज)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah