बेलायती नागरिक फिलिप निधन भएको छ । काठमाडौंको वीर अस्पतालमा लामो समयदेखि बेवारिसे अवस्थामा रहेका बेलायती नागरिक फिलिपलाई बचाउन बिभिन्न तरिकार औषधीउपचारको बाबजुतपनि उनको आज निधन भएको छ । फिलिपको जिवन बचाउन बिभिन्न युवायुवतीको अनेकौ पहलमा उनको उपचार भैरहेको थियो । कुनैदिन स्वास्थ्यमा सुधार र कहिले अचानक खराबी देखिने फिलिपको आज उपचारकै क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

अभियानकी एक कृस्टिना श्रेष्ठका अनुसार आफुहरुको सक्रियतामा धेरै सामाजिक कार्य भए पनि यो पछिल्लो बिदेशी नागरिक फिलिपको विषय निकै संबेदनसिल रहेको थियो । नाजुक स्वास्थ अवस्थाका बाबजुद नेपालमा बेवारिसे हुदा उसलाई मानबिय व्यवहार गर्नु कर्तव्य भएको बताएकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज धेरै नेपाली बिदेशी भुमिमा काम गरिरहेको बेला भोलि नेपालीलाई पनि यो दुस्ख बिदेशी भुमीमा पर्न सक्ने भएकाले नेपालमा बिदेशी नागरिकलाई मानबिय सेवा प्रदान गर्नु सबैको लागी राम्रो सन्देश हुन सक्ने र सरकारले पनि उनको उद्दार बारे सोच्नु पर्ने बताएका छन ।