दमक/झापा क्षेत्र नं. ४ का साँसद एलपी साँवाले काठमण्डौबाट झापा आउने क्रममा प्लेनका एयरहोस्टेजमाथि कुनै दुर्व्यवहार नगरेको बताएकाछन् ।
उनले बिभिन्न सञ्चारमाध्यममा आएका समाचारहरुको खण्डन गर्दै सिटको विषयमा केहि असमञ्जस्यता रहेको बताएकाछन् । आफुलाइ लगाइएको आरोपप्रति ध्यानकर्षण भएको समेत उनले उल्लेख गरेकाछन् ।
साँवाको फेसबुक पेजमा यस्तो छ स्टाटस
केहि सन्चार माध्यम र केही ब्यक्तिहरुको त्यही समाचार सेयर प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । खासमा यो जरुरी थिएन होला । तर मेरा सुभचिन्तक साथिहरुको जिज्ञासा्को लागि सत्य र वास्तविक कुरा लेख्दैछु । २६ गते बुधबार ४.५०को बुध एअर बाट म सहित मेरो परिवारको ४ जना उडान थियो ।मेरो सहयोगी सिकिन पासवान झापामा नै भएकोले म आफै स परिवारको परिचय पत्र लियेर लाइनमा उभिए । बोर्डिङ काउनटरले ३ जनाको 7th रो को बोर्डिङ पास र एक जनाको Anyseat लेखिएको बोर्डिङ पास उपलब्ध गरायो । मैले मेरो परिवारका सदस्यहरुलाई 7th रोमा बसाये । त्यसपछि मेरो बाकी Anyseat को लेखिएको बोर्डिङ पास भएकोले जहाँ सुकै वा जुन कुनै सिटमा बस्नु मिलेन । मैले केहि बेर पर्खे पछि सबै यात्रुहरू आफ्नो सिटमा बसिसके । त्यस्पछि रो 18th को २ सिट खाली रहेकोेले म त्यहा गयेर बसे ।प्लेन उड्ने तयारीमा थियो ।एक जना एयरहोस्टेस आयेर तपाईको सिट कुन हो त्यहा गयेर बस्नु भन्छ।अब आफ्नो Anyseat लेखिएको बोर्डिङ पास छ । अलमल भयेर त्येही बसे। प्लेन उडयो….. ।केहि समय पछि फेरि अर्को एयर होस्टेस आयेर तपाईं को सिट कुन हो भन्छ ।बा… मैले Anyseat लेखिएको बोर्डिङ पास झिकेर दिए र मैले …मेरो सिट कुन हो ? देखाउनुस म त्येही गयेर बस्छु भनेको हो। अलि बढी एयर होस्टेसबाट होच्याउने Dominet गर्ने कार्य भएकोले स्वर ठुलो भयो नै …तर प्रायोजित समाचार जस्तो बिल्कुल होइन । म सङै अरु धेरै चिर परिचित झापालि मित्रहरु पनि हुनु हुन्थियो।वास्तविक तथ्य यती मात्र हो। तथ्यहिन र चरीत्र हत्या गर्ने खालको पित पत्रकारहरु र अन्लाईनहरु प्रति मेरो गहिरो घृणा जागेर आयो… ।त्यो निकृस्ट समाचर देखेर म प्रति सद्भाव राख्नुहुने र चिन्ता जाहेर गर्दै सबै कल गर्नु हुने साथिहरुमा मुरी मुरी धन्यवाद तपाईंहरुको यो साथ र मायाले यो Status लेख्दै छु। धन्यवाद ।
२०७५-१२-३०.. दुधे, झापा ।




