बीबीसी। पंखाको हिसावले विश्वको सबैभन्दा ठूलो बिमानले पहिलो पटक उडान भरेको छ। यो विमान स्ट्रेटोलन्च नामक कम्पनीले बनाएको हो। यो कम्पनीलाई विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनीमध्ये एक माइक्रोसफ्टका सह–संस्थापक पल एलनले २०११ मा बनाएका थिए।
यो विमानलाई स्याटेलाइटको लन्च प्याडका रुपमा तयार गरिएको थियो। यो विमानको मुख्य उद्देश्य अन्तरिक्षमा स्याटेलाइट छोड्नु भन्दा पहिला दश किलोमिटर सम्म उड्नु हो।

यो विमानका ३८५ फुट लामा पंखा कुनै अमेरिकी फुटबल मैदान जति ठूला छन्। यदि यो परियोजना सफल भयो भने अन्तरिक्षमा कुनै पनि चिजलाई पठाउन जमीनबाट रकेटमा पठाउनु भन्दा सस्तो हुन्छ।

यो विमानमा दुई एयरक्राफ्ट बडी छन्, जो एक आपसमा जोडिएका छन्। यो विमान आफ्नो पहिलो उडानमा १५ हजार फुटको उचाइसम्म पुगेको छ भने यसको अधिकतम गति १७० मील प्रतिघण्टा सम्म छ। यो विमान उडाउने पाइलट इभव थमसले पत्रकारसँग कुरा गर्दै भने–यो निकै अद्भुत थियो, जस्तो अनुमान गरिएको थियो, विमान त्यसैगरी नै उड्यो।’

स्ट्रेटोलन्चको वेबसाइटका अनुसार जसरी व्यावसायिक उडान समाउन आज समान्य भइसकेको छ, त्यसैगरी अन्तरिक्षको कक्षमा जानु आफूहरुको उद्देश्य हो।’ बेलायती अर्बपति रिचड ब्रेसनको कम्पनी वर्जिन गोलेक्टिकले पनि यस्तै विमान बनाएको थियो। जसले उचाइबाट अन्तरिक्ष कक्षमा रकेट पठाउन सक्थयो। स्टे«तोलन्चले आफ्नो यो विमानलाई विश्वको सबैभन्दा ठूलो विमान भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah