काँकरभिट्टा ,

भारतले पूर्वी नाका कांकरभिट्टा लगायतका क्षेत्रका सीमा नाकाबन्द गर्ने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतको सिमावर्ती क्षेत्रमा लोकसेवा निर्वाचनको मतदान हुनु ४८ घण्टा अघि नेपाल भारत सिमाना बन्द गरिने भएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी महेश थापाले जानकारी दिए।

अप्रिल १८ तारिक अर्थात बैशाख ५ गते भारतको पश्चिम बंगाल स्थित नेपालसंग सिमाना जोडिएका पानीट्याङ्की, नक्सलबारी लगायत क्षेत्रमा लोकसेवा सदस्य निर्वाचनको मतदान हुने भएकाले निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर भारतिय पक्षले मंगलबार बेलुका ६ बजेदेखी बिहिबार बेलुका ६ बजेसम्मका लागि सिमा नाका बन्द गर्ने मौखिक जानकारी गराईसकेको र पत्र आउने प्रक्रियामा रहेको डिएसपी थापाले बताए ।

सिमा नाका बन्द भएको अवस्थामा कुनै पनि सवारी साधन र मानिस ओहोर दोहोर गर्न नपाइने प्रहरीले जनाएको छ । नेपाल वा भारतमा निर्वाचनका बेला मतदानको दिन भन्दा ४८ घण्टा अगाडी बिगत देखी नै सिमा नाका बन्द गरिदैं आएको छ ।