दमक/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब एमालेको बेगलाइ कसैले रोक्न नसक्ने बताएकाछन् । उनले एमालेप्रति देखिएको जनलहर र जनसमर्थनबाट निन्द्रा हराएकाहरु सल्बलाएको बताउदै अब जनता कसैको पनि दास बन्न नसक्ने जनाए । मधेशमा एमालेको जनलहर र जनउत्साह देखेर अत्तालिएका अपराधिक समुहहरुले अहिले घटाएको घटना रोक्न नसक्नु राज्यहिनताको पराकाष्ठा भएको उनको टिप्पणी रहेको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाइ भेटेर राजनीतिक दलको कार्यक्रममा बम प्रहार गर्दा र सामुहिक हत्याको प्रयास गर्दा त्यस्ता अपराधिहरुलाइ किन कार्वाही गर्नु सक्नुहुन्न भनेर थर्काएछन् । ओलीको कुरा सुनेर दाहाल नाजावाफ भएको ओलीका साथमा रहेका एक एमालेका नेताले बताएकाछन् । मधेशमा देखिएको असाधरण उपस्थिति र जनलहरबाट राष्ट्रियता बलियो हुने देखेर बिथोल्ने प्रयास भएको भन्दै यो एमालेलाइ मान्य नहुने ओलीले चेतावनी दिएका थिए । उनले एमालेले अब अभियान जारी राख्ने बताउदै सुरक्षा दिन नसक्ने भए सुरक्षा दिन सक्दिन भन्न र कार्यक्रममा आधिकारीक रुपमा सरकारले नै रोक लगाउन भन्दै चुनौती दिएको श्रोतले बताएको छ ।
‘मधेशमा एमालेमा असधारण जनसागर उर्लिएको देखिएर आत्तिए’
सवाल नेपालसंवाददाताबुधबार, २३ फागुन २०७३

‘मधेशमा एमालेमा असधारण जनसागर उर्लिएको देखिएर आत्तिए’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



