काठमाडौं । भारतमा आज लोकसभा चुनावको दोस्रो चरणको मतदान शुरु भएको छ ।
भारतका १२ राज्य र एक केन्द्र शासित प्रदेशको ९६ लोकसभा सिटको लागि आज बिहानदेखि मतदान भइरहेको छ ।लोकसभाको ५४३ सिटमध्ये १३ राज्यमा ९७ सिटका लागि आज मतदान शुरू भएको हो ।
दोस्रो चरणमा
आसाम,बिहार,छत्तिसगढ,जम्मूकश्मिर,कर्नाटक,महाराष्ट्र,मणिपुर,ओडिशा,तमिलनाडु,त्रिपुरा,उत्तरप्रदेश र पश्चिम बंगालमा मतदान भइरहेको छ ।मतदानका लागि भारतीय निर्वाचन आयोगले पश्चिम–बंगाल राज्यमा विशेष चुनाव पर्यवेक्षक खटाएको जनाएको छ ।



