नयाँ दिल्ली (एजेन्सी) । भारतको पूर्वी राज्य ओडिशामा दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टाअघि एक निर्वाचन अधिकारीको हत्या भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीको सन्दिग्ध माओवादीहरूले हत्या गरेका हुन् । संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदानकेन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ ।

ओडिशाको कन्धमालमा बिहीवार सबेरै दिगलको गाडीमा माओवादीहरूले विस्फोटक पदार्थ राखिदिएको बताइएको छ । उनीसँगै यात्रा गरिरहेका अन्य अधिकारीहरू भाग्न सफल भए । कन्धमालको अन्य स्थानमा माओवादीहरूले एउटा मोटरसाइकल र निर्वाचन सामाग्री बोकेका दुईवटा कारमा आगो लगाइदिए । तर ती आक्रमणमा कोही घाइते भएनन् । यी घटनाबाहेक ओडिशामा मतदान प्रभावित भएको छैन ।

विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत भारतमा ओडिशासमेत १२ राज्य र केन्द्रशासित एउटा क्षेत्रमा बिहीवार दोस्रो चरणमा मतदान भएको छ । भारतमा कुल ९० करोड मतदाता रहेका छन् । निर्वाचनका लागि देशभरि ५० लाख कर्मचारी खटीएका छन् । यो निर्वाचनले भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ । लोकसभामा ५४३ स्थान छन् । बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ । यो चरणको मतदानमा शक्तिशाली क्षेत्रीय दलहरू संसद्को ९७ स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।

निर्वाचनका लागि मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ । सबैतिर मतदान सकिएपछि मतगणना मे २३ तारिखमा सुरु हुनेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन् । यो निर्वाचनलाई उनका लागि जनमतसंग्रहका रूपमा हेरिएको छ । यद्यपि रोजगारी सिर्जना गर्ने र किसानको समस्या सम्बोधन गर्नेजस्ता आफ्ना वाचा सरकारले पूरा गर्न नसकेको विपक्षीहरूको आरोप छ । विभिन्न राज्यमा प्रभावशाली रहेका क्षेत्रीय दलहरूले लोकसभाको परिणाममा प्रभाव पार्ने देखिएको बताइन्छ । दक्षिणमा तमिलनाडु र पूर्वमा पश्चिम बंगालमा क्षेत्रीय दलहरू शक्तिशाली देखिएका छन् ।

गत एप्रिल ११ मा पहिलो चरणमा उत्तरप्रदेश, बिहार, पश्चिम बंगालसमेत १८ राज्य र दुई केन्द्रशासित क्षेत्रमा मतदान भएको थियो । पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद् निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद् छानिनेछन् ।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बंगालका निर्वाचन क्षेत्रमा मतदान भएको छ ।तमिलनाडुका ३८ क्षेत्र तथा त्रिपुरा, मणिपुर र पुद्दुचेरीमा एक–एक क्षेत्रमा मतदान भएको छ । मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो ।

भाजपाले अहिलेको जस्तै बहुमत कायम राख्न निर्वाचन अभियान चलाएको छ । तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ । राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरू सबै भारतको प्रधानमन्त्री बनेका थिए । उनकी बहिनी प्रियंका गान्धी गत जनवरीमा राजनीतिमा प्रवेश गरेकी थिइन् । प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन् ।

मोदी सत्तारूढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिका रूपमा रहेका छन् । तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन् । मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन् ।यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन् । सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए ।

सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले दुई सय ८२ स्थानमा जितेको थियो भने कंग्रेस पार्टी ४४ स्थानमा खुम्चिएको थियो । कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्नेछैन । संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१–५२ मा निर्वाचन भएको थियो । पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah