दमक/नेपाली काँग्रेसले झापाको दमकमा सोमबार कम्तिमा ३ हजार मान्छे उतार्ने दाबी गरेको छ ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको वाडमा नै उभिएर काँग्रेस ले शक्तिप्रर्दशन गर्न लागेको बताइन्छ ।
कुनै गुटउपकुट नभएको तथा एकताको सन्देश दिनका लागि कार्यक्रम तय भएको नेपाली काँग्रेस क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले बताए ।
पार्टीको क्षेत्रिय कार्यालय भवन उद्घाटन तथा काँग्रेसमा रहेर प्रजातन्त्र प्राप्तिका लागि आन्दोलनमा लागेकारुको सम्मान कार्यक्रममा पाटी सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहितका शिर्ष नेता दमक आउने भण्डारीले जानकारी गराए ।
क्षेत्रका कम्तिमा पनि ३ हजारदेखि ५ हजार कार्यकर्ता उतार्ने उनको दाबी थियो । प्रधानमन्त्रीको वाडमा नै कार्यक्रम राखेर हामीले सकारत्मक दबाब सिर्जना गर्न खोजेका हौ, भण्डारीले भने ।
यस बिषयमा जानकारी दिन शनिबार पत्रकार सम्मेलन भएको थियो ।
कार्यक्रममा सभापति देउवासहित उपसभापति विजयकुमार गच्छार, महामन्त्री डाक्टर शंसाक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला,सहमहामन्त्री प्रकाशशरण महत ,प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु आउनेछन् ।
पत्रकार सम्मेलनमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु, पार्टीका नगर सभापति रोशन विष्ट, महासमिति सदस्य डाक्टर खगेन्द्र पाण्डव अधिकारी, शेरवहादुर भट्टराई लगायतले बोलेका थिए ।




