मुम्बइ । बलिउडमा चर्चित अभिनेता विक्की कौशल सुटिङका क्रममा घाइते भएका छन् । उनी एक हरर चलचित्रको सुटिङको क्रममा ठूलो दुर्घटनामा परेका हुन् । दुर्घटनामा पर्दा उनको अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । भारतिय मिडियाका अनुसार अभिनेता विक्की कौशल एक एक्शन सीनको दौरान दुर्घटनामा पर्दा घाइते भएका हुन् ।

यस घटनाको बारे फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शले ट्वीट गर्दै जनाएका छन् ।उनी गुजरातमा जहाजमा एक्सन सीन छायाँकनका दौरान अचानक ढोका खस्दा घाइते भएका हुन् ।गम्भिर घाइते भएका उनलाइ स्थानीय अस्पताल लगिएपछी थप उपचारका लागि मुम्बई लगिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको अनुहारमा चोट लाग्नुका साथै गालाको हड्डी फ्राक्चर भएको भारतिय मिडियाले जनाएका छन् ।यस हरर फिल्मको शशांक खेतान तथा सहायक निर्देशक भानुप्रताप सिंहको निर्देशन गरेका हुन् । यस फिल्मको निर्माण करण जोहरले गरेका छन् ।