श्रीलंकाको राजधानी कोलम्बो र आसपास आइतबार बिहान शृङ्खलावद्ध बम विस्फोट हुँदा कम्तिमा ८० जना घाइते भएका छन् । एएफपीका अनुसार विस्फोटमा चर्चहरु र होटल निशाना बनाइएको छ।

यी विस्फोटहरुमा के कतिको ज्यान गयो र कसले यस्तो आक्रमण गरेको हो भन्ने बारे कुनै जानकारी आइसकेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इसाईहरुले इस्टर पर्व मनाउँदै गर्दा चर्चहरुमा आक्रमण भएको हो। दुई वटा बम चर्चहरुमा विस्फोट भएको थियो। कोलम्बोको कोटाहेना सेन्ट एन्थोनी चर्चमा पहिलो विस्फोट भएको थियो।