काठमाडाैं । महिनौंदेखि तलब नपाएपछि भारतीय विमान कम्पनी जेट एरवेजका कर्मचारीले आन्दोलन थालेका छन् । भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत करिब २२ हजार कर्मचारी अहिले बिचल्लीमा परेका छन् ।

बेरोजगार भएपछि अन्तिम विकल्पका लागि उनीहरुले आन्दोलन थालेका हुन । २६ वर्षदेखि सेवा दिँदै आएको जेट एयरलाइन्स उडान ठप्प भएकोछ । भारतमा पछिल्लो पाँच वर्षमा बन्द हुने यो सातौं एयरलाइन्स कम्पनी हो ।
बैंकको ऋणमा डुबेपछि जेट एयरवेज आर्थिक संकटमा फसेको हो । ऋणमा डुबिसकेको कम्पनीलाई थप ऋण दिन कुनै पनि बैंक तयार भएनन् । परिणामस्वरुप दैनिक रुपमा हुने खर्चसमेत धान्न नसकेर कम्पनीले आफ्ना सबै उडान बन्द गरेको हो । एयरलाइन्सको जागिर गुमेपछि एकाएक सडकमा आइपुगेका कर्मचारीले नयाँ दिल्लीमा प्रदर्शनसमेत गरे ।
उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध समेत नाराबाजी गरेका थिए ।



