नेपाल सरकार र पटक पटक सरकार सत्ता सन्चालन गरिरहने नेपाली नेता कति कमजोर छ्न कठै बरा । आफ्नै सिमा थाहा छैन कति सरकार सन्चालन गरेका प्रधानमन्त्री ज्युहरु लाई त आफ्नै आमा बलात्कार हुदा कसरी बस्न सक्छ टुलुटुलु हेरेर एउटा छोरो यहाँ नेपाली आमा बारम्बार बलत्कृत हुदा सरकार अबोध बालक झै रमिता हेरि रहन्छ आखिर कहिले सम्म । आफ्नो सम्पती यति भनेर नजान्ने ब्यक्ती लाई सरकार सन्चालन गर्न कुनै अधिकार छैन ।सिमा मा रहेका स्तम्भ हरु को कुनै सुरक्षा र रेखदेख गर्न नसक्ने यो हाम्रो कस्तो सरकार । कुन आधार मा जनता ले सुरक्षा को अनुभुती गर्ने ।

कन्चनपुर पुनर्बास नगरपाली को बिवाद अहिले को होइन तर जानी जानी बुझकिन पचाउछ सरकार आखिर सिमा को सुरक्षा गरेको भय आज यो घटना हुने थियन नेपाल को सिमा मा पुनर्निर्माण हुदा भारतिय सेना गोलि चलाउदा एक निर्दोस नेपाली गोबिन्द गौतमले अकाल ज्यान गुमाउन परेको छ । भारतिय सेनाले गुगल नक्सा जमिन भारतको देखायो रे । नेपाल सरकार कहिले सम्म रे को पछि लाग्ने तुरुन्त सिमा बिबाद हटाउनका लागि तारबारको ब्यबस्था होस ।

सिमा बिबाद अरु गोबिन्दहरुको अकालमा ज्यान जान नपरोश । पाकिस्तान र भारतको जस्तो युद्ध नहोश बेलैमा दिमाग पुगोश सरकार को । हार्दिक श्रद्धाञ्जली वीर नेपाली सपूत गोबिन्द गौतम गौतमप्रती ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय