एजेन्सी । युक्रेनका हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपती चुनावमा विजय हुनुहुने भएको छ । उहाँले निवर्तमान राष्ट्रपति पेत्रो पारोशोन्कोलाई पराजित गर्दै राष्ट्रपती पदमा विजय हुनुहुने भएकाे हाे ।
एक्जिट पोलले गरेको मत सर्वेक्षण अनुसार उहाँले अहिलेसम्म ७० प्रतिशत भन्दा बढी मत प्राप्त गरिसक्नुभएकाे छ ।तीन हप्ता पहिले भएको पहिलो चरणको मतदानमा उहाँ सबैभन्दा अग्रस्थानमा हुनुहन्थ्यो ।

पारोशोन्कोले हार स्विकार गरिसक्नुभएकाे छ । पाराेशाेन्काेले राजधानी कीवमा आफ्नो समर्थकलाई सम्बोधन गर्दै चुनावमा हारे पनि आफूले राजनीति नछोड्ने बताउनुभएकाे छ । अब यो चुनावको एक्जिट पोलको नतिजा जारी भएपछि पोरोशोन्कोले भन्नुभयाे, ‘चुनावको नतिजाले हामीलाई अनिश्चितता र भ्रममा लैजानेछ, म पद छोडिरहेको छु तर म यो भन्न चाहन्छु कि म राजनीति छोड्ने छैन ।’
यस्तै राष्ट्रपती चुनावमा विजय हुनुभएका जेलेन्सकीले जनताहरूकाे विश्वास कहिल्यै पनि नतोड्ने बताउनुभयाे । उहाँले आफ्नो समर्थकलाई सम्बोधन गर्दै भन्नुभयाे, ‘मैले कहिले पनि तपाईंहरुको विश्वास तोड्ने छैन ।’
उहाँले आफू अहिले नै औपचारिक रुपमा राष्ट्रपति नभएकाे पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘म अहिले नै औपचारिक रुपमा राष्ट्रपति भइसकेको छैन ।’ उहाँकाे पाँच वर्षको कार्यकालका लागि राष्ट्रपति बन्नुहुने छ ।एग्जिट पोलका अनुसार निवर्तमान राष्ट्रपति पेत्रो पारोशोन्कोले २५ प्रतिशत मत प्राप्त गर्नुहुने छ । पोरोशेन्को सन् २०१४ देखि युक्रेनका राष्ट्रपति पदमा निर्वचित हुनुभएकाे थियाे ।
४१ वर्षका जेलेन्सकी एक राजनीतिक हास्य ड्रामामा अभिनयका लागि चर्चित हुनुहुन्छ । ‘सर्भेन्ट अफ द पिपल’ नामको यो सिरियलमा उनको भूमिका यस्ता व्यक्तिको थियो जो दुर्घटनावश वा अचानक युक्रेनका राष्ट्रपति बन्नुहुने छ । उहाँले आफ्नो कार्यक्रमको नाममा राखिएको राजनीतिक पार्टीबाटै राष्ट्रपति चुनाव लड्नुभएकाे थियाे ।
जेलेन्सकीसँग कुनै राजनीतिक अनुभव छैन । आफ्नो चुनावी अभियानमा उहाँले आफू अन्य उम्मेद्वारभन्दा कसरी भिन्न छन् भन्ने कुरामा जोड दिनुभएकाे थियाे। युक्रेनका राष्ट्रपति बनेपछि उनी युरोपका प्रभावशाली नेतामा गनिनुहुने छ ।



