एजेन्सी। आइतबार इसाइ धर्मावलम्बीहरु इस्टर मनाउने तयारी गर्दै थिए। तर बिहानै श्रीलंकाको राजधानी कोलम्बोलगायत अन्य स्थानमा रहेका चर्च र होटलहरुमा शृङ्खलावद्ध बम विस्फोट भएको समाचार बाहिरियो। हालसम्म बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ। बौद्ध धर्मावलम्बीहरुको बर्चश्व रहेको श्रीलंकामा धार्मिक हिंसा हुन सक्ने आशंकामा सरकारले फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक संजाललाई बन्द गर्ने निर्णय गर्‍यो।

विश्वभरबाट आक्रमणको निन्दा भइरहँदा भारतीय मिडियाहरुमा भने आक्रमणबारे अन्य स्थानको भन्दा भिन्न प्रचारप्रसार भयो। भारतीय मिडियाहरुले श्रीलंकामा भएको आक्रमणमा पाकिस्तानलाई 'टार्गेट' बनाउँदै मुस्लिम र पाकिस्तानी समूहहरुको संलग्नता रहेको समाचार सम्प्रेषण गर्‍यो। त्यो बेलासम्म श्रीलंकाले घटना कसले गर्‍यो वा कसरी भयो भनेर केही सार्वजनिक गरेको थिएन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय नेताहरुले पनि आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध लड्न चुनावी प्रचारप्रसार गरे। त्यसो गर्नेमा सबैभन्दा माथि उभिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टी। आक्रमण लगत्तै चुनावी र्‍यालीलाई सम्बोधन गर्दै मोदीले आतंकवाद विरुद्ध लड्न भाजपाको चुनाव चिन्ह्र 'कमलको फूल' मा मतदान गर्न अपिल गरेका थिए। भारतीय मिडियाले मोदीको चुनावी प्रोपागान्डलाई मुख्य समाचार बनाए।

तर, विस्फोटको पीडाबाट गुज्रिरहेका श्रीलंकालीहरुले आफ्नो दु:खलाई भारतीय मिडिया र नेताका प्रोपागान्डालाई 'चनुवी स्टंट' को रुपमा प्रयोग गरेको भन्दै विरोध गरिरहेका छन्। श्रीलंकालीहरुले भारतीय मिडियाका समाचारमा विश्वास नगर्न बताउँदै गर्दा भारतीय नागरिकहरुले नै भारतीय मिडियाले गरिरहेको अस्वभाविक रिपोर्टिङको विरोध गरिरहेका छन्।