काठमाडौं - कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ ।

सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अख्तियारले आरोपितहरुविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ ।

धरान, ११ को कित्ता नम्बर ३५ र ३६ को जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपछि कर्णबहादुर राईले नामसारी गरेको अनुसन्धानमा देखिएको छ ।

खगेन्द्रकुमारीलाई राई बनाइ जग्गा आफ्नो नाममा ल्याएको कर्णबहादुरले बिक्री गरेका थिए ।

यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।