काठमाडौं । वाईसिएल नेपालले नेपालमा भारतीय गाडी र चलचित्र चल्न नदिने घोषणा गरेको छ ।

नेकपा माओवादी केन्द्रको सहायक संगठन समेत रहेको वाईसिएल र अखिल क्रान्तिकारीले शुक्रबार प्रदर्शन गर्दै सो घोषणा गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय एसएसबीले गोली हानी कन्चनपुरको आनन्द बजारका नेपाली नागरिक गोविन्द गौतमको हत्याको विरोधमा वाईसिएल र अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

दोषिलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।