दमक/झापा दमक नगरपालिका वाड नम्बर ७ पशुहाट डाडामा हिजो सवारी दुर्घटना भएको छ ।
पुर्व पश्विम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ४२८४ नम्बरको मिनि ट्रकले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट शिवसतासि नगरपालिका वडा नम्बर ६ शिवगञ्ज बस्ने वर्ष ६८ कि बुद्धमाया लिम्बु घाइते भएकीछन् ।
तत्काल उपचारार्थ लाईफलाईन अस्पताल दमकमा पठाईएको र उपचार हुन नसकेपछि नोवेल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




