धनुषा – जकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । शनिबार राति साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो ।

स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ । जसमा लगभग १० लाख बराबरको क्षति भएको छ ।

हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।