काठमाडौं । भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

शनिबार बेलुकी हिमांचल प्रदेशको पठानकोटबाट डलहौजी जाँदै गरेको निजी बस नैनीखण्डको नजिकै पंजपुलामा दुर्घटनामा परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस २५० फिट तल खसेको थियो । घाइतेमध्ये केहीको अवस्था नाजूक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

मृतकमध्ये सातको घटनास्थलमै र पाँच जनाको डलहौजी र बनीखेतका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुख्यमन्त्री जयराम ठाकुरले घटनाबारे दुःख व्यक्त गर्दै पीडितलाई राहतका लागि तत्काल सुनिश्चित गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएका छन् ।