दमक/लायन्सकर्मी रिङकुमार आचार्यले आफ्नो जन्मोत्सवको अवसरमा पृथ्वी माध्यमिक बिद्यालय दमक ७ का  ४७ जना बिद्यार्थीहरुलाइ जुत्ता तथा मोजा उपलब्ध गराएकाछन् । आइतवार विहान आफ्नो ४७ औ जन्मोत्सवमा ४७ जोर नै जुत्ता उपलब्ध गराएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लायन्स क्लव अफ दमक गोल्डको आयोजनामा जुत्ता वितरण कार्यक्रम भएको थियो । सो अवसरमा लायन्स लिडर अजय अग्रवाल, अध्यक्ष काशी खाती लगायतले शुभकामना दिएका थिए । आचार्यले जन्मदिनमा गरिने फजुल खर्चको सट्टा यो काम गरेको जनाए । उनले यस्तो कार्यक्रम गर्न पाँउदा खुसि लागेको पनि जनाए ।

क्लवका अध्यक्ष खातीले यसभन्दा अगाडि पनि लायन्सकर्मीहरुले आफ्नो जन्मोत्सव यसरी मनाउन थालेको जनाउदै सेवाको यो भावाना कदरयोग्य भएको बताए । बिद्यालयका प्रधानअध्यापक बिष्णु राईले यस बिद्यालयमा यसरी जन्मोत्सवमा मनाउन रोजेकोमा खुसि लागेको बताए ।