मोरङको पथरी शनिश्चरेमा शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी ब्यवसायी २९ वर्षीया रीना बस्नेतको घटनाको रहस्य पत्ता लगाउन स्थानीय बासिहरु माग गरिरहेका छन्। घटनाको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान चलिरहेको छ।प्रहरीले अनुसन्धानमा रिनाले अत्यधिक मदिरा सेवन गरी शौचालय जाने क्रममा लडेर मृत्यु भएको हुन् सक्ने बताएका छन भने स्थानीयबासीहरुले हत्या नै रहेको र प्रहरीले रफादफा गर्न खोजेको भन्दै सोमबारबाट स्थानीय सडक मै उत्रिएका छन्।
आफ्नै कोठाअगाडी नाङ्गै मृत भेटिएकी रिना बस्नेत । प्रहरीले अहिले नै घटनाबारे प्रष्ट खुलाएको छैन। घटनापूर्व नेपालसँग मृतक बस्नेतको पटक/पटक फोनमा कुराकानी भएको र आउजाउ हुने गरेको कारण प्रहरीले कमल नेपाललाई पक्राउ गरेका छन् भने अनुसन्धान अझै जारी छ। यता रिनाका बुबा-आमा भने आफ्नो छोरीको मृत्यु शोकमा डुबेका छन्।
सिसिटीभी फुटेजमा एक व्यक्तिले मास्क लगाएर भ्यानमा लाश जस्दै देखिने केही सामान ल्याउँदै गरेको तस्विर । प्रहरीले भने उक्त मानिसले लाश नभएर शव्जी बोकेर ल्याएको दाबी गरेको छ ।
कमल नेपालकै श्रीमतीले गुण्डा लाएर रिनाको हत्या भएको हुनसक्ने रिनाको बुबाको आरोप छ। शरीरमा रड घुसारेर मारिएको र हत्यारालाई सजाय हुनै पर्ने बताएका छन्। उनी भन्छन, ‘दरिलो आट भएकी छोरीले आत्महत्या गरेको कुनै पनि हालतमा हुनै सक्दैन।’ छोरीलाई न्याय दिलाउनलाई आफ्नो छातिमा गोलि थाप्न पनि तयार छु।’उनले रिनाको स्वभाव निकै राम्रो र असल रहेको बताए। रिनाकी आमाले ज्वाईसँग बोल्न समेत् हिम्मत झुटाउन नसकेको भन्दै भकानिन्। रिनाको आमाबुबाको अनुरोध”,मेरो छोरी फर्केर आउदिन”,आक्रोसित कविता ! अब चुप लागेर बस्दिन…हेर्नुहोस भिडियो….









