पार्थ मण्डल) झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा पक्राउ पुर्जी जारी भएको छ। झापा जिल्ला अदालतले आइतबार जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

नातामा छोरा भन्दै भारतीय नागरिकलाई वंशजको आधारमा नेपाली नागरिकता बनाइदिन कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङसहित भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाटै बैशाख १० गते प्रहरीले पक्राउ गरेको थियो।

भुपालको स्थायी ठेगाना भारतको आसाम राज्यको मणिपुर कानकोपी जिल्ला भएको भारतीय मतदात परिचयपत्र पाइएपछि प्रशासन कार्यालयको आदेशमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए। बरामद भएको मतदाता परिचयपत्रमा भुपालको बुबाको नाम चन्द्रबहादुर गुरुङ भएको उल्लेख छ। पक्राउ परेका दुवै जनालाई झापा अदालतबाट म्याद थपेर प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको छ। नागरिकता काण्डको थप अनुसन्धानका लागि अदालतले कागजी प्रक्रिया बनाइदिने व्यक्तिको नाममा समेत पक्राउ पुर्जी जारी गरेको बताइएको छ।

भारतीय नागरिक भुपाललाई नागरिकता बनाउन सहयोग पुर्याउन सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाइदिने जनप्रतिनिधि र कर्मचारीको नाममा पक्राउ पुर्जी जारी भएको डिएसपी श्रेष्ठको भनाइ छ । तर, उनले ती व्यक्तिहरुको अनुसन्धानकै क्रमा रहेको भन्दै ती व्यक्तिहरुको नाम खुलाउन चाहेनन्। उनले भने, नागरिकता काण्डमा मुछाएका व्यक्तिलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बनियानीलाई पत्रचार गरिसकेका छौ ।

भुपाललाई नागरिकता बनाउन सहयोग पुर्याउने काममा उनीसँग फेला परेको कागजातअनुसार वडाध्यक्ष, वडा सदस्य, वडा सचिव, कर्मचारी र स्थानीय गरी १० जनाको नाम उल्लेख छ। भुपालको जन्मदर्ता बनाउन स्थानीयले सहीछाप गरेको मुचुल्कामा कचनकवल–२ बस्ने कविदास गुरुङ, कविता गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ। उक्त पत्रमा वडा सचिव हरिप्रसाद गौतमको हस्ताक्षरसहित छाप लगाइएको छ।

त्यस्तै, जन्मदर्ता र वंशजको नागरिकता बनाउने मुचुल्कामा वडाध्यक्ष मेखबहादुर भट्टराईले सही छाप गरेको कागजातमा उल्लेख छ। कागजातमा सनबहादुर गुरुङको नाति बमबहादुर र चन्द्रकला गुरुङको छोरा भुपाल गुरुङकाको जन्म साविक पथरिया–९ हाल कचनकवल–२ मा भएको हो। आर्थिक अवस्था अति कमजोर र शिक्षाको कमीले गर्दा छोराको जन्म दर्ता समेत नगरेको र छोरा करिब १०–१२ वर्षको हुँदा साथीहरूसँग घर छाडी हिँडेको र हाल घरमा आएको हुँदा अहिले मात्र जन्मदर्ता गर्नुपर्ने रहेछ भन्ने थाहा पाएर वडा कार्यालयमा निवेदन दिएको हुँदा वडा कार्यालयले निजको जन्मदर्ता गरी दिए फरक पर्ने छैन, फरक परेमा कानुन कारवाही भोग्न तयार छु भनी उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेलले भुपाललाई रंगेहात पक्राउ गरेका थिए। भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भुपालको औंलामा मसी लागेको अधिकृत ढुंङगेलले देखेपछि सोधपुछको क्रममा उनी भारतीय भएको पाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah