दमक/दमक ७ मा रहेको एडभान्स मल्टीस्पेसियालिटी अस्पतालले आफुलाइ दमकमा अस्पतालहरुमाझ पनि नामजस्तै एडभान्स बन्ने कोसिस गरेको छ ।
बालबालिका तथा उमेर डल्कदै गएकाहरुका लागि विशेष सेवा दिनका लागि अस्पतालले बिशेष प्रकारको खोप केन्द्र सञ्चालन गर्ने घोषणा गरेको छ । अस्पतालका फिजिसियन डा.सन्तोष सुवेदीका अनुसार सुगर लगायतका बिरामीहरुका लागि पनि रोगप्रतिरोध क्षमता बढाउने खोपहरु दिने उदेश्य रहेको छ ।
सोहि अनुसारको खोपकेन्द्रको रुपमा विकास गर्ने आफुहरुको योजना रहेको उनले बताए । हामीले सकेसम्म सस्तो मूल्यमा यहाँका नागरिकलाइ बिशिष्ठ सेवा दिनुपर्छ भन्ने मान्यता राखेका छौ, उनले भने ।

बाल रोग विशेषज्ञ डा.अनिल थापाले जन्मेदेखी ५ बर्ष सम्मका बालबालीकालाई अनिवार्य दिनु पर्ने ७ प्रकारका खोपहरुमा थप अन्य खोप सहित निशुल्क सेवा दिनको लागी खोप केन्द्र सञ्चालन शुरु भएको बताए ।
उनले आफ्नै निगरानीमा यहाँ खोप लगाइने जनाए । साप्ताहिक रुपमा खोप सेवा शुरु हुने जनाउदै खोपको बिषयमा गएका नकारत्मक सन्देशको समेत अन्त्य गर्ने आफुहरुको प्रयास भएको उनको भनाइ छ ।
अस्पतालमा बालबालिकाहरुलाइ लाग्ने रोगहरुको सहज एवं सर्वसुलभ उपचार साथै परामर्शलाइ आफुहरुले ध्यानदिएको समेत थापाले जनाए । उनले बिमाका बिरामीहरुलाइ भेदभाव नगरी उपचार गरिने बताए ।
अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराइले खोप सेवालाइ महत्वपुर्ण अंगको रुपमा अस्पतालले विकास गर्ने बताए ।
उनले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाइ ध्यान दिएर सेवाको दृष्टिले यो कार्यक्रम ल्याइएको जनाए । बिमाका बिरामीहरुलाइ बिशेषज्ञहरुबाट नै उपचारको बन्दोबस्त मिलाईएको भन्दै कोहिलाइ पनि खल्लो मन हुने गरी यहाँबाट नपठाउने अठोट रहेको भट्टराइले उल्लेख गरे ।




