अहिले देशमा युवाहरुमाझ प्रमुख समस्या लागु औषध दूब्र्यसन रहेको छ । यसले स सना बालबालिकादेखि लिएर बिशेष गरि युवाहरु बढि पीडितछन् । यसले धेरैको परिवार तसनहस बनाएको छ । यस्तै यथार्थलाइ चित्रण गरेर बनाईएको नदेखिएका आँशुहरु नामक सचेतनामूलक डकुमेन्ट्री यतिखेर चर्चामा छ
विनयजंग बस्नेतको वास्तविक जीवन घटनामा आधारित यस डकुमेन्ट्रीले दुव्र्यसनीले समाजमा पारेको प्रभावलाई इङ्गित गरेको मात्र छैन, समाजलाई दुव्र्यसनीमुक्त बनाउनको निम्ति दुव्र्यसनीमा परेको व्यक्ति, परिवार, समाज, र छरछिमेकको कस्तो भूमीका रहेको छ भन्ने देखाएको जनाईएको छ ।
व्यक्ति दुव्र्यसनीमा परे पश्चात् उसमा विभिन्न मनोसामाजिक समस्याहरु देखिने तर ती समस्याहरुलाई राम्रो सल्लाह र वातावरण मिल्न सकेको खण्डमा समाधान गर्दै पुनर्जीवन दिन सकिन्छ भन्ने कुरा यस डकुमेन्ट्रीले देखाउन खोजेको छ । यसमा अभिनय गरेका सबैजसो पात्रहरु वास्तविक नै रहेको जनाईएको छ । सचेतना मूलक भएकाले देशभरका बिद्यालयहरुमा देखाइने बताइन्छ । यस बाहेक दूइदर्जनभन्दा बढि मूलकहरुमा समेत यसलाइ प्रदर्शनका लागि लगिनेछ । विनय बस्नेतको वास्तविक जीवन भोगाईमा आधारित यो डकुमेन्ट्री लागुऔषधको कुलतमा लागेका र पस्न खोजेकाहरुका लागि मर्मस्पर्शी रहने बताइन्छ ।
एक प्रतिष्ठित परिवारमा जन्मिएर दुव्र्यसनीको कारण सामाजिक रुपमा एक्लो भएका र परिवारको माया समेत गुमाएका बस्नेतको स्थायी ठेगाना ललितपुरको टिकाथलीमा हो । दुव्र्यसनी विरुद्ध अभियान चलाउँदै आएका उनी विभिन्न अस्पतालहरुमा भेटिएका शवहरुको पशुपति आर्यघाटमा दाहसंस्कारको काम समेत गर्दै आएका छन। विभिन्न रेडियोबाट दुव्र्यसनीमुक्त समाज निर्माणको उद्धेश्यले कार्यक्रम समेत सञ्चालन गर्दै आएकाछन् ।
लागुऔषध प्रयोग बिरुद्धको अभियानमा बिनय डकुमेन्ट्रि लिएर आउदै
सवाल नेपालसंवाददाताआइतबार, २७ फागुन २०७३

लागुऔषध प्रयोग बिरुद्धको अभियानमा बिनय डकुमेन्ट्रि लिएर आउदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९



