वासिङ्टन डिसी । निर्वाचनको तयारीमा रहेको एनआरएन अमेरिका विरुद्ध अमेरिकी अदालतमा मुद्धा दायर भएको छ। आगामी मे १८ र १९ मा तय भै सकेको एनआरएन एनसीसी युएसएको चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख विश्व बराललाई अयोग्य ठहर गर्न माग गर्दै अदालतमा मुद्धा दायर भएको हो।
बाल्टिमोर निवासी तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व उपाध्यक्ष रविना थापा तथा नारायण थापाले अमेरिकाको टेनेसीको अदालतमा मुद्धा दायर गरेका हुन्। रविना थापा सन् २०१७ देखि २०१९ को लागि अध्यक्षकी उम्मेदवार बनेकी थिईन्।
उक्त दायर मुद्धामा विश्व बराल, भुवन गुरुङ, अन्जन श्रेष्ठ, गौरी जोशी, अध्यक्ष डा. केशव पौडेल लगायत सन् २०१७ को निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाईएको छ। अमेरिकाको टेनेसीको नक्स काउन्टी चान्सलरी कोर्टमा गत अप्रिल २६ का दिन १९६०८१-३ नम्बरमा मुद्धा दर्ता भएको छ। उक्त मुद्धा थापा दम्पतिका तर्फबाट ग्रेगरी ब्राउन र रथ एसम्यानले मुद्धा दर्ता गराएका हुन्।
उक्त दायर मुद्धामा एनआरएनको चुनाव रोकेर नयाँ निर्वाचन प्रमुख नियुक्त गर्नुपर्ने, एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउनुपर्ने माग गरेका छन्।संस्थाका महासचिव बिआर लामाले यस विषयमा सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएका थिए। उक्त मुद्धाको विवरण ५० पृष्ठ को रहेको छ। एनआरएन अमेरिकाले स्थापना काल देखि नै विभिन्न खाले मुद्धा खेप्दै आएको छ।
एनआरएन विरुद्ध दायर मुद्धाको पूर्ण विवरण :



