काठमाडौं, १८ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिले सधैंजसो केही न केही तरंग ल्याउने गर्छ । विगत २० वर्षदेखि नेपाली राजनीतिमा हुँदै आएको तथ्य हो यो ।

प्रचण्ड जे बोल्छन् त्यो लाक्षणिक र प्रतीकात्मक हुने गर्छ । त्यसको प्रभाव र असर केही समयपछि नेपालको राजनीतिमा देखिने गर्छ । उनले धेरैअघिदेखि एउटै कम्युनिस्ट केन्द्र बनाउने बताउँदै आएका थिए । धेरैले प्रचण्डको यो कुरालाई गम्भीर रूपमा लिएका थिएनन् । किनकि प्रचण्डको माओवादी केन्द्रभन्दा ठूलो नेकपा एमाले थियो । एमाले एउटै कम्युनिस्ट केन्द्रको विरोधी थियो । तर, एक्कासि चुनावअघि एमाले र माओवादी केन्द्रबीच ‘वाम एकता’ भयो र पछि पार्टी पनि एक हुने घोषणा भयो । निर्वाचन भएको ६ महिनाभित्रै पार्टी एक पनि भए ।

मंगलबार मात्र प्रचण्डले प्रदेश २ मा नेकपाको सरकार बन्ने उद्घोष गरे । अहिलेका मुख्यमन्त्री लालबाबु राउतको सरकारले प्रदेश २ मा भ्रष्टाचार र सुशासन दिन नसकेको भन्दै उनले परिआए नेकपाकै नेतृत्वमा सरकार बन्ने घोषणा गरे । प्रचण्डको यो एकाएक आएको अभिव्यक्तिले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीमा तरंग नै ल्याइदियो ।

प्रदेश २ का मुख्यमन्त्री राउतले सक्ने भए सरकार ढालेर हेर्न चेतावनी दिए । प्रदेश २ मा फोरम र राजपाको संयुक्त सरकार छ । दुवै पार्टीका मन्त्रीहरू विकासमा भन्दा अर्थ कमाउन लागेको आरोप जनताले पनि लगाएका छन् । सोही कारण प्रचण्ड प्रदेश २ मा सरकार ढाल्न उद्यत देखिएका हुन् ।

तर, नेकपा उच्च स्रोतका अनुसार तत्काल प्रदेश २ मा कुनै समीकरण हुने छैन । प्रचण्डले दिएको ‘थ्रेट’ फोरमका संघीय मन्त्री मोहम्मद इस्तियाक राईप्रति लक्षित रहेको छ । सहरी विकासमन्त्री राईले मन्त्रालयअन्तर्गतका निकायमा नेकपालाई कतै ठाउँ नदिएको बुझिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतका विभिन्न नियुक्ति, सरुवा बढुवा, ठेक्कापट्टामा मन्त्री राईले पार्टीकरण गरेपछि प्रचण्डले प्रदेश २ मा सरकार ढाल्ने ‘थ्रेट’ दिएको फोरम नेताहरूको बुझाई छ ।

यस्तै, थ्रेट पहिला स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायमा नियुक्तिमा भागबन्डा नमिल्दासम्म प्रचण्डले दिने गरेका थिए । तर, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेकपा र फोरमबीच भागबन्डा गरेर स्वास्थ्यमा नियुक्ति दिएपछि उनीसँग प्रचण्ड र प्रधानमन्त्री केपी ओली खुसी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah